अन्तर्राष्ट्रिय

अस्पतालहरुको आईसीयूमा मुसाको आतंक, बिरामीलाई टोक्दा बिरामी बेहोस

Banner

भारत, फागुन ७-

छिमेकी मुलुक भारतमा अस्पतालहरुको आईसीयूमा मुसाले बिरामीलाई टोक्दा बिरामी बेहोस भएका छन् । भारतको तेलंगानास्थित कामारेड्डी जिल्ला अस्पतालमा हालै यस्तो घटना भएको हो । जहाँ मुसाले बिरामीलाई आईसीयू जस्तो वाडमा टोकेर बेहोस बनाएको छ ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजना ४३ वर्षीय बिरामीलाई मुसाले टोकेर घाइते बनाउँदा उनी बेहोस भए । हालै भएको यो घटनामा मुसाले बिरामीको दाहिने हातका औंला तथा खुट्टाको कुर्कुच्चोमा गहिरो गरी टोकेको थियो । मुसाले बिरामीलाई टोकेको बारेमा कुरुवाले डाक्टरलाई जानकारी गराएका थिए ।

उनको यसअघि हैदरावादस्थित अस्पतालमा शल्यक्रिया भएको थियो र मुसाले टोक्ने घटना भएको एक हप्ताअघि मात्रै उनी कामारेड्डी अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।

यो घटनापछि अस्पताल प्रशासनले त्यस बारेमा अनुसन्धान सुरु गरेको छ र वरिष्ठ स्वास्थ्य अधिकारीहरुले अस्पतालको निरीक्षण गर्नुका साथै बिरामीलाई पनि भेटेका छन् ।

साथै कर्मचारीहरुको लापरबाहीका कारण सो घटना भएको भन्दै जिम्मेवार कर्मचारीहरुलाई अनुशासनको कारबाही गर्ने पत्र पनि काटिएको छ ।

प्रारम्भिक छानबिनका क्रममा आईसीयू कक्षसँगै डाइलाइसिस युनिटको मर्मत सम्भार भैरहेको र सो क्रममा भत्काइएको क्षेत्रबाट मुसा प्रवेश गरेको पाइएको छ ।

अधिकारीहरुका अनुसार बिरामीका कुरुवाहरुले बिरामीको बेडकै छेउमा तथा अस्पताल परिसरमा यत्रतत्र खानेकुराहरु फाल्ने गरेका कारणले गर्दा मुसाको आतंक बढिरहेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>