खेलकुद

नेपालले क्यानडासँग तीन एकदिवसीय सिरिज खेल्ने

०
Banner

काठमाडौं, फागुन ४-

नेपाली क्रिकेटको टीम ‘ए’ले क्यानडासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार ३ खेलको सिरिज आइतबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने छ। सिरिजको पहिलो खेल आइतबार, दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ।

क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा नेपालको ‘ए’ टिम घोषणा गरेको थियो। टोलीको प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन्।

पहिलो पटक बनेको नेपाल ए प्रधानमन्त्री कप क्रिकेटमा राम्रो प्रदर्शन गरेका तथा अन्डर नाइन्टिन र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>