समाचार

खाद्य स्टोरबाट २० लाख चोरेर ठमेलको डान्सबारमा ‘मस्ती’

०
Banner

काठमाण्डौँ, फागुन ३-

कालिमाटीस्थित अमन खाद्य स्टोरबाट २० लाख चोरी गरेका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ घर भएका लोकसिंह ठगुन्नालाई चोरी गरेको आरोपमा पक्राउ गरेको हो । उनले खाद्य स्टरमा २७ माघमा मध्यराति चोरी गरेको खुलेको छ । बाराको गढीमाई घर भएका ४७ वर्षीय मनोज कुमार गुप्ताले संचालन गरेको खाद्य स्टोरबाट २० लाख रुपैयाँ नगद चोरी भएको हो ।

२२ वर्षका ठगुन्नाले राति १२ बजेतिर सटर फुटाएर चोरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । खाद्य स्टोरको चेनगेट खुला देखेपछि ठगुन्ना साँझ ९ बजेतिर भित्र छिरेका हुन् । तर, राति १२ बजेसम्म उनी प्यासेजमा लुकेर बसे ।

ठमेलमा उनले डान्सबार, क्याफे र होटलमा गएर ‘मस्ती’ गरेका छन् । माघ २८ मा आरोपी कैलाली तिर हानिए । कैलालीको गोदावरी नगरपालिका–२ पहाड लाइनस्थित न्यू सत्कार होटल रेष्टुरेन्ट र लजको कोठा नम्बर १२० बाट उनलाई पक्राउ गरिएको एसएसपी खत्रीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

चोरेपछि पठाओ चढेर ठमेलमा गएका उनले सो रकम डान्सबार, क्याफे र होटलमा खर्च गरेको भेटिएको छ । आरोपी पटके चोर हुन् । उनीविरुद्ध प्रहरीले यसअघि महाराजगञ्ज र पोखरामा पनि चोरी मुद्दा चलाएका अपराध रेकर्डमा देखिएको छ । चोरेको मध्ये १२ लाख ९६ हजार रकम प्रहरीले बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>