अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईबाट आएका दुई पाकिस्तानी डेनिस मुद्रा ५ लाखसहित पक्राउ

Banner

काठमाडौं, फागुन ३-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ लाख डेनिस क्रोन सहित दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार साँझ पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् ।

फ्लाई दुबई एयरलाइन्सको उडानद्वारा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रुपैयाँ हुन आउने उक्त विदेशी मुद्रा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>