राजनीति

कांग्रेस १५औँ महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना जारी

०
Banner

काठमाडौँ, असोज २४–

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना साँझ साढे ७ बजेदेखि सुरू भएको हो ।
यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो । उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । सिसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिको नाम सङ्कलन गरी मतगणना थालिएको हो ।
यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापति पदको मतगणना मतदान भएको स्थान राष्ट्रिय सभागृहमै भएको थियो । सभापतिमा गगनकुमार थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरी श्यामकृष्ण खड्गीलाई पराजित गर्नुभएको थियो ।
सभापति थापाले पार्टी कार्यालयमा आज सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिनुभयो ।
सभापति थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । कांग्रेसको १५औँ महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भई सक्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>