शिक्षा
डडेलधुराका सुरजले पाए लोकसेवा ज्ञानसागरको मेधावी छात्रवृत्ति

भरतपुर, फागुन ३–
लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र हाकिमचोकले बसन्त पञ्चमी तथा सरस्वति पूजाको अबसरमा संस्थामा लोकसेवा तयारी गरीरहेका परिक्षार्थीहरु मध्येबाट लोकसेवा ज्ञानसागर मेधावी छात्रवृत्ति प्रदान गरेको छ ।
डडेलधुराबाट अध्ययनको सिलसिलामा चितवन आइबसेका मेधावी छात्र सुरज सार्कीलाई यस वर्षको लोकसेवा ज्ञानसागर छात्रवृत्ति प्रदान गरिएको हो ।
संस्थाले हरेक शनिवार संञ्चालन गर्दै आएको शनिवारिय नमूना परिक्षामा उत्कृष्ट हुदै आएका निजलाई उत्कृष्ट परिक्षार्थीका रुपमा समेत सम्मान गरेको छ ।
आगामी दिनहरुमा यस किसिमको छात्रवृत्ति योजना संस्थामा आइ पढेका तथा हरेक शनिवारिय नमूना परिक्षामा सहभागी भएकाहरु मध्येबाट आर्थिक रुपले विपन्न र जेहन्दार एक जना छात्र र एकजाना छात्रालाई लोकसेवा तयारीका लागि लाग्ने शुल्क पुर्णतया निशुल्क गर्ने र अन्य दुईजनालाई समेत ५० प्रतिशत लोकसेवा छात्रवृत्ति प्रदान गर्ने गरी कार्यक्रमलाई विस्तार समेत गरिने जानकारी संस्था संञ्चालक कृष्ण राउतले बताए।
यसैगरी संस्थामा हरेक शनिवारको नमूना परिक्षामा उत्कृष्ठ हुनेलाई ज्ञानसागर उत्कृष्ट परिक्षार्थीका रुपमा पुरस्कृत समेत गरिने भएको छ ।

























