राजनीति

एमालेका दैलेख अध्यक्षमा सूर्यबहादुर शाही चयन सर्वसम्मत

Banner

सुर्खेत, फागुन १-

नेकपा एमाले दैलेख जिल्ला कमिटीको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन् । सदरमुकाम दैलेख बजारमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

नेतृत्वमा सोमबार नै सहमति जुटेपनि अन्य पदाधिकारी टुंगो नलाग्दा घोषणा भने गरिएको थिएन । सबै पदमा सहमति जुटेपछि निर्वाचन कमिटीले मंगलबार दिउँसो नयाँ नेतृत्व चयन भएको घोषणा गरको हो ।

यस्तै जिल्ला कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजंग शाह, उपसचिवमा ताराकुमारी सोनी र मीनबहादुर बुढाक्षेत्री चयन भएका छन् । यस्तै, सदस्यमा खुलातर्फको महिलामा खगिसरा बुढा, रेखा थापा, विष्णुकुमारी जैसी, सीताकुमारी शाही र पदमकुमारी विष्ट चयन भएका छन् ।

सदस्य खुलातर्फ पुरुषमा नामाखर शर्मा, दीपेन्द्र ओली, कपिल खनाल, रामप्रसाद जैसी, लालबहादुर शाही, जितेन्द्रकुमार थापा, शान्तिप्रसाद शर्मा, कविराम सुनार, किशोर कुमार मल्ल र नविनकुमार योगी चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>