अपराध

हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ

Banner
काठमाडौँ, फागुन १-
जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–९ गौशाला रुञ्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा मृत अवस्थामा फेला परेकी रामेछाप लिखु तामकोसी गाउँपालिका–५ कि २८ वर्षीया प्रमिला दमाईंका हत्यारालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा दोलखा बैतेश्चर गाउँपालिका–७ का ३८ वर्षीय कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका श्रेष्ठको प्रमिलासँग विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र उनीहरुका परिवारमा विवाद उत्पन्न भएपछि कुमारले प्रमिलाको हत्या गरेको अनुमान गरिएको छ । श्रेष्ठलाई प्रहरीले आज काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको जनाएको छ ।
यही माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको हुनसक्ने जानकारी प्रहरीले यसअघि नै दिएको थियो । मृतक प्रमिला श्रीमान् नसे दमाईंसँग काठमाडौँमा डेरामा बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ । प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको र दुवै विवाहित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>