अपराध

सुस्तामा घरमै सुतिरहेका हजुरबुवा र नातिको धारिलो हतियार प्रहार गरी हत्या

०
Banner

रुपन्देही, फागुन १-

पश्चिम नवलपरासीको सुस्ताको गाउँमा हजुरबुवा र नातीको हत्या भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर(३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षका गौचरण चमारको घरमा सुतिरहेकै अवस्थामा हत्या भएको हो ।

एकान्त स्थानमा रहेको कच्ची घरमा बस्दै आएका थिए। उनीहरूको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएकाले अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेशम बोहोराले जानकारी दिए ।

मृतक चमारका एक छोरा, बुहारी र तिन जना नातिनातिना थिए । छोरा कामका लागि भारत गएपछि डेढ महिना अगाडि बुहारी एक जना नातिलाई छाडेर दुई वटा बच्चा लिएर माइत गएको स्थानीयले बताएका छन् ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक काजीकुमार आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धानको काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>