राजनीति
तस्करलाई देश जिम्मा लगाउदा दुख पायौंः दुर्गा प्रसाईं

काठमाडौं, माघ २७-
व्यवसायी दुर्गा प्रसाईले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताएका छन् । शनिवार पत्रकार सम्मेलनमा उनले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताएका हुन् । उनले कार्यक्रममा सहभागी हुन देशवासीलाई आह्वान गरेका छन्।
उनले भने, ‘फागुन १ गते देशभर र काठमाडौं उपत्यकावासिको उपस्थिती हुन्छ भन्ने आशा गरेको छु। सबै नेपालीहरुको उपस्थितीमा राजाको हातबाट दियो बालेर हामीले उज्ज्यालो भविष्य खोजौं। तस्करलाई देश जिम्मा लगाउदा दुख पायौं। सै पनि एमाले मै पनि एमाले भन्ने गीत बजारमा हराइसक्यो।’
प्रसाईंले व्यवस्था उल्ट्याउने घोषणासहित आन्दोलन गर्दै आइरहेका छन्। पूर्वराजालाई पनि देशप्रति माया भएकाले आफ्नो कार्यक्रममा आउने दाबी गरे।

























