राजनीति

‘सरकार जिबि राईलाई समात्नुको सट्टा मेरो पछि लाग्या छ’

Banner

काठमाण्डौँ , माघ १६-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जिबि राईलाई पक्रिन नचाहेको बताएका छन्।

मंगलबार राजधानीमा रहेका कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरूले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जिबि राईलाई पक्रिन नचाहेको उल्लेख गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन समेत नचाहेको जिकिर गरे।

उनले पीडितलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागि परेको बताए । गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको भन्दै आफूलाई सहकारी ठगी आरोपमा डाम्न नसक्ने बताए ।

सभापति लामिछानेले सरकारले जिबि राईलाई समाउन लागे सक्ने पनि बताए। उनले उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जिबिलाई किन समाउन नसकेको? भनी प्रश्न समेत गरे। सरकारले आफूलाई फसाउन र रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको आरोप थियो। रवि भन्छन् ‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितको लागि न्याय दिनुपर्‍यो। सहकारी पीडितहरुको लागि काम गर्नुपर्‍यो। सहकारीबाट भागेकाहरुलाई समातेर भएपनि, यिनको सम्पत्ति अहिल्यै कब्जा गरेर, कानून ल्याएर, अध्यादेश ल्याएर सबै पीडितलाई बाँड्नुपर्‍यो भनेर लागि परेको भए अहिलेसम्म कयौँ पीडितहरूले पैसा पाइसक्थेँ उनले भने

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>