धादिङ

बुढीगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो

०
Banner

धादिङ, असोज २५ –

धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ ।

बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम क्षेत्रमा पसेको हो । गत जेठमा यज्ञका लागि बनाइएका सबै हवन कुण्डमा क्षति पुगेको छ ।

बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधामका हवन कुण्डहरू मध्ये तीन वटा बगाएको र चार वटा मर्मत गर्नै नसकिनेगरी क्षति पुगेको धामका पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिए । ब्रह्मचारीका अनुसार २९ वटा हवनकुण्ड थिए ।

यो स्थान धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा पर्छ । गत जेठमा भएको पुरुषोत्तम महामहोत्सवमा सात देशका नागरिक सहित ३३ लाख भक्तजनले दर्शन गरेका थिए । चार करोड ४४ लाख भेटी दानभेटी संकलन भएको थियो ।

बाढीको कटानले विद्यार्थीहरूले अध्ययन गर्ने आश्रम नजिकै पहिरो झरेको छ । पहिरोका कारण आश्रमसमेत जोखिममा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>