कावासोती

नवलपुरमा नारायणी तटिय क्षेत्रमा माईकिङ्ग गर्दै सर्तकता अपनाउन आग्रह

०
Banner

मनिषा ढकाल काफ्ले

कावासोती, असोज २५–

बुढीगण्डकीमा बाढी आएसँगै नवलपुरको नारायणी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाईएको छ । बाढीको जोखिमलाई ख्याल गर्दे तटिय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिनुभयो ।

नदि तटिय क्षेत्रमा बिहानै देखि माईकिङ्ग गरेर स्थानीयहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरेको उहाँले बताउनुभयो । “तटिय क्षेत्रमा माईकिङ्ग गरेका छौं , जोखिममा रहेका घरहरुबाट मानिसलाई अन्यत्र सारेका छौं , तटिय क्षेत्रमा गस्ति भईरहेको छ । उहाँले भन्नुभयो । स्थानीय प्रशासनले नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह क्षेत्र, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>