Breaking News

कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

०
Banner

काठमाडौं, असोज २५ –

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति(खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता लिएका छन् ।

३ हजार ४३५ मतगणना हुँदा उपसभापति (खुला) तर्फ डा.भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार ९० मत प्राप्त गर्दा सुरेन्द्रराज पाण्डेले ९५५ र गोविन्द भट्टराईले ९४१ मत पाएका छन् । धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा.चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् ।

उपसभापति (समावेशी) तर्फ बिनोद कुमार चौधरीले ८९६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् ।

महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन् । उदयशमशेर राणाले १ हजार १५९ मत प्राप्त गर्दा डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८ र नैनसिंह महरले ४२८ मत पाएका छन् । त्यस्तै, शंकर तिवारीले ८२ र डा। सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् ।

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १ हजार ५१७ मत प्राप्त गरेकी छन् र महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ मत प्राप्त गर्दा रीता खनालले ३६५ मत पाएकी छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>