चितवन विशेष

नारायणगढमा खुल्यो ‘बबल ब्युटि स्टुडियो’, चर्चित मेकअप आर्टिस्ट चिराग शर्माद्धारा उद्घाटन

०
Banner

चितवन, असोज २५–

चितवनको नारायणगढस्थित शहीदचोकमा फरक अनुभूति दिलाउने गरि ‘बबल ब्युटि स्टुडियो’ संचालनमा आएको छ ।

आज (आइतबार) एक कार्यक्रमकाबीचका चर्चित सेलिब्रेटी मेकअप आर्टिस्ट चिराग शर्माले स्टुडियोको समुद्घाटन गर्नुभयो ।

प्रशिक्षण सहितको स्थापना गरिएको यस ‘बबल ब्युटि स्टुडियो’मा हेयर स्ट्रेट, मेनि केयर, पेडि केयर, हाइड्रा फेसियल, ब्राइडल मेकअप लगायतका सेवाहरु रहेको मेकअप आर्टिस्ट तथा संचालिका सुमित्रा भट्टराईले जानकारी दिइन् । उनका अनुसार अहिले यस स्टुडियोमा तालिम कक्षा पनि संचालनमा छन् । जुनसुकै कोर्षको कक्षा पनि लिन सकिने संचालिका भट्टराईले जानकारी दिइन् ।

यस स्टुडियोमा नेल आर्टलगायतका अन्य धेरै सुविधाहरु रहेको संचालक गोपाल प्रसाद कंडेलले बताए । उनले सेवाग्राहीको चाहना अनुसार नै उत्कृष्ट सेवा दिन तत्पर रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>