देश/प्रदेश

ड्युटीमा रहेका दुई प्रहरी जवानमाथि कुटपिट

Banner

रुकुम पश्चिम, माघ १५-

रुकुममा प्रहरी जवानमाथि कुटपिट भएको छ । रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट भएको हो । कुटपिटबाट इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका छन् ।

कुटपिटबाट  शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेकोले उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी, ३ का २७ वर्षीय गोविन्द विक, ४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२र१३ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area