Breaking News
विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौँ, असोज २५–
आइसीसी विश्वकप लिग टु अन्तरगत आफ्नो अन्तिम सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । आइतबार ओमान भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्यो ।
२३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो । उसका लागि एरोन जोनसनले सर्वाधिक ४४ रन बनाए भने समित गोहेलले ३५, अखिल कुमारले २९, कप्तान हम्जा तरिक र श्रेयस मोभ्भाले सम्मान २६ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने, ललित नारायण राजवंशी, करण केसी, नन्दन यादवले समान २–२ विकेट लिए भने एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३५ रन बनाउँदै अलआउट भयो । नेपालका लागि रोहित पौडेलले १०१ रनको शतकीय पारी खेले । गुल्शन झा अर्धशतक बनाउनबाट चुक्दै ४८ रनमा आउट भए । बसिर अहमदले ३० रन बनाए । ओपनर अर्जुन कुमालले २३ रन बनाउँदा आशिफ शेख भने ४ रन मात्रै बनाउन सके । दीपेन्द्र सिंह ऐरीको ब्याट चल्न नसक्दा ४ रनमै आउट भए भने इशान पाण्डे खाता नखोल्दै आउट हुन पुगे । करण केसी ४, सन्दीप लामिछाने २, ललित नारायण राजवंशी र नन्दन यादवले समान २ रन बनाए ।
यो जितसंगै नेपाललाई एक दिवसीय मान्यता जोगाउन केही सहज भएको छ । प्रतियोगितामा टप ६ रनमा रहने टिमले एक दिवसीय मान्यता जोगाउने छ ।























