अपराध
दुबई पठाइदिन्छु भन्दै नौ जनाको पैसा खाएका सुर्खेतका योगी फरार

नेपालगञ्ज, माघ १३-
दुबई पठाइदिन्छु भन्दै नौजनाको पैसा खाएर सुर्खेतका होमनाथ योगी फरार भएका छन्। योगीले बाँकेका नौजना युवासँग प्रतिव्यक्ति दुई लाखदेखि दुई लाख पचास हजार रुपैयाँ लिएर फरार भएका हुन् । नौ जनानै खजुरा गाउँपालिका वडा नं. ४, ईगाउँका हुन् । योगीले दुबईको बलदिया कम्पनीमा पठाइदिने भन्दै पैसा लिएको
अमरबहादुर बुढामगर र गोपालबहादुर पुनमगरले पैसा लिएको केही दिनपछि योगी सम्पर्कविहीन भएको बताए। अमरबहादुर र गोपालबहादुरले दुबई पठाइदिने भनेर काठमाडौं बोलाएर योगीले एक महिनासम्म काठमाडौंमा बसाइ अरू पैसा खर्च गराएको बताए।
‘भिसा आयो भनेर हामीलाई काठमाडौं बोलायो। हामी गयौं। खजुराका नौजना र अन्य ठाउँका गरी १३ जना थियौं। हामीलाई उसले नक्कली भिसा थमायो। हामीले त्यो थाहा पायौं। त्यसपछि योगी फरार भयो,’ अमर र गोपालले भने, हामीले उसलाई खोजेको खोज्यै छौं। फेला पार्न सकेका छैनौं।’
योगीले दिएको मोबाइल नम्बर स्वीचअफ छ। सबै जनाले योगीको नाममा बैंकबाट पैसा पठाएका छन्। स्रोतः देशसञ्चार























