अपराध
१० लाख पाउने आशामा थुनुवालाई लिएर भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ
०

काठमाडौं, माघ १२-
लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरवल यादवलाई पक्राउ गरेको हो ।
रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो । लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिकलाई उनले १० लाख रूपैयाँ पाउने आशामा भगाएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























