देश/प्रदेश

विश्वका ठूला सेयर बजारमा भारत उक्लियो चौथो स्थान

Banner

माघ ९-

विश्वका ठूला सेयर बजारमा भारत चौथो स्थानमा उक्लिएको छ । स्टक मार्केटमा सूचीकृत भएका सम्पूर्ण धितोपत्रको कुल मूल्यका आधारमा भारत चौथो ठूलो मुलुक भएको हो । भारतको बजारले हककङको बजारलाई पछि पारेको ब्लुमबर्गको एक रिपोर्टले जनाएको छ ।

सोमबार बजार बन्द हुँदा भारतको स्टक मार्केटमा सूचीकृत धितोपत्रको कुल पूँजीकरण रकम ४.३३ ट्रिलियन डलर (४३ खर्ब ३० अर्ब डलर) पुगेको ब्लुमबर्ग रिपोर्टले जनाएको छ । सो रिपोर्टअनुसार सोमबार हङकङको स्टक मार्केट आकार ४.२९ ट्रिलियन (४२ खर्ब ९० अर्ब डलर) बराबर छ । अमेरिकी स्टक मार्केटको पूँजीकरण सबैभन्दा उच्च ५०.८६ ट्रिलियन डलर (५ सय खर्ब डलर) रहेको छ । त्यस्तै विश्वमा चीनको दोस्रो ठूलो स्टक मार्केट पूँजीकरण ८.४४ ट्रिलियन डलर(८४ खर्ब ४० अर्ब डलर) बराबर छ । तेस्रो ठूलो स्टक मार्केट जापानको हो । जापानी मार्केटको पूँजीकरण ६.३६ ट्रिलियन डलर (६३ खर्ब ६० अर्ब डलर) बराबरको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area