देश/प्रदेश

राती १२ बजे घरमै गएर महिलालाई जबरजस्ती गर्न खोज्ने व्यक्ति पक्राउ

Banner

काठमाडौं, माघ ८-

जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक व्यक्ति प्रकाउ परेका छन् । मध्यरातमा महिलाको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पुस १६ गते राती १२ बजे एक महिलालाई घरमै गएर जबरजस्ती करणी गर्न खोजेको आरोप सल्यानको दार्मा गाउँपालिका वडा नं ४ घर भई काठमाडौं महानगरपालिका वडा नं २६ मित्रनगर बस्ने विक्रम थापा प्रकाउ परेका हुन् ।

महिलाले प्रतिकार गर्दा महिलालाई कुटपिट समेत गरी फरार भएको र प्रहरीले वैदेशिक रोजगारमा ठगी गरेको अजय थापालाई खोज्ने क्रममा आरोपी विक्रम थापाको मोबाइल भेटाएर अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय सल्यानसँग समन्वय गर्दा दोषी देखिएकोले पक्राउ गरेको जनाएको छ ।

थापाले महिलालाई जबरजस्ती करणी गर्ने उद्देश्यले मध्यरातमा घरमा प्रवेश गरी महिलाले प्रतिकार गर्दा कुटपिट गरी फरार रहेको र उक्त मुद्दा यस प्रहरी कार्यालयमा दर्ता रहेकोले मित्रनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि ईप्रका थारमारे सल्यान पठाइएको सूचना अधिकारी रवीन्द्र अधिकारीले जनाएका छन् ।

स्रोतः नेपाल प्रेस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area