नवलपुर

नवलपुरमा श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या

Banner

नवलपुर, माघ ७-

नवलपुरमा एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । नवलपुरको हुप्सेकोटका हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया गर्भवती श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।

आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको हो ।

श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो । हत्याको कारण खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>