Breaking News

त्रिशूली नदीमा फेला पर्‍याे भारतीय नम्बर प्लेटको गाडी

Banner

चितवन, माघ २-

त्रिशूली नदीमा आज बिहान खसेको गाडी फेला परेको छ । बीआर ०९ जीसी १४३० नम्बरकाे भारतीय नम्बर प्लेटको बोलेरो गाडी नदीमा फेला परेको हो ।

आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन ।

डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। उनले मानिस भने फेला नपरेको बताए ।

गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरीको सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>