नवलपुर

मौलाकाली केवलकारले सर्वसाधारणका लागि शेयर जारी गर्ने

Banner

गैंडाकोट, पुस २८-

मौलाकाली केवलकारले सर्वसाधारणका लागी शेयर जारी गर्ने तयारी गरेको छ ।
गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेका केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>