चितवन विशेष

राप्ती नगरपालिकामा कार्यपालिका बैठकको माग गर्दै ज्ञापनपत्र

Banner

चितवन, पुस १८-

राप्ती नगरपालिकामा कार्यपालिका बैठक र हिउँदे नगर सभाको माग गर्दै कार्यपालिका तथा नगर सभा सदस्यहरुले ज्ञापनपत्र बुझाएका छन् ।
बैठक र नगर सभासमेत नहुँदा विकासमा बाधा परेको भन्दै बहुमत सदस्यहरुले उपप्रमुख देवेन्द्र लामालाई ज्ञापनपत्र बुझाएका हुन् ।

मेयर शमशेर लामालाई ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका नेपाली कांग्रेस र एमालेबाट निर्वाचित कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरुले मेयर नभेटेपछि उपमेयर देवेन्द्र लामा र प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले एक महिनामा कम्तीमा एक पटक कार्यपालिका बैठक बस्नु पर्ने व्यवस्था गरेको भए पनि बैठक ६ महिनामा एक पटक मात्र बसेको वडा नं ४ का वडाध्यक्ष केदार आचार्यले जानकारी दिएका छन् । सोही अवसरमा कर्मचारी नियुक्तीको लागि २०८० साउन १ गते नगरपालिकाले सूचना प्रकाशित गरेको र उक्त सुचना प्रकाशित भएपछि पनि कर्मचारी नियुक्तिको काम नगरिएको भन्दै नेतृत्वको ध्यानर्कषण समेत गराइएको छ । एमाले र कांग्रेसबाट निर्वाचित ६३ जना कार्यपालिका र नगर सभा सदस्यहरुले हस्ताक्षर गरी नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>