एथलेटिक्स

भरतपुरको स्मल हेभन एथ्लेटिक्स मिटमा मिलन स्कुल चार स्वर्णसहित शीर्ष स्थानमा

Banner

चितवन, पुस २-

भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा जारी नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटमा मिलन इग्लिस बोर्डिङ स्कुल चार स्वर्ण जित्दै शीर्ष स्थानमा रहेको छ ।

दोस्रो दिनसम्म आइपुग्दा मिलनले चार स्वर्ण र १ कास्य गरी कुल पाँच पदक जितेको छ । उसका लागि सलिस्मा ढकाल एक्लैले ४ स्वर्ण जितेकी छन् । सलिस्माले महिला २०० र ४०० मिटर दौड तथा ट्रिपल जम्पमा गरी चार स्वर्ण जितिन् । यस्तै महिला १५ सय मिटरमा अमिशा पौडेलले पनि स्वर्ण पदक जितेकी छन् । अमिशाले लङ जम्पमा कास्य पनि जितिन् ।

तीन स्वर्ण जितेको सिद्धि विनायक इङ्ग्लिस बोर्डिङ स्कुल दोस्रो स्थानमा छ । सिद्धि बिनायकका लागि पुरुष १५ सय मिटर दौडमा सुनिल विक, ८०० मिटरमा अभिषेक विक र महिला ८०० मिटरमा आयुशा परियारले स्वर्ण जितेका छन् । यस्तै सिद्धि विनायकले तीन रजत र एक कास्य पनि जितेको छ ।
पुरुष ४०० मिटर दौडमा अभिषेकले रजत जित्दा २०० मिटरमा सन्दिप सिंह प्रजा र महिला ट्रिपल जम्पमा मेबिका कुमालले रजत पदक हात पारे । चार गुणा ४०० मिटरमा रिलेमा सिद्धि बिनायकले एक कास्य हात पार्न सफल भयो ।

यस्तै सनराइज ईँग्लिस बोर्डिङ स्कुल बोर्डिङ स्कुलले २ स्वर्ण र ३ कास्य जित्दा, स्मल हेभनले एक स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । श्री जनप्रिय र ब्लु बर्डले समान १ स्वर्ण, १ रजत र १ कास्य जितेका छन् । होली भिजनले १ स्वर्ण र ४ रजत, लिटल फ्लावरले एक स्वर्ण र एक रजत जितेको छ । लोटस एकेडेमी, युनिक एकेडेमी र शान्ति इङ्ग्लिस बोर्डिङले समान १–१ स्वर्ण जितेका छन् ।

वाल्मीकि शिक्षा सदनले १ रजत र २ कास्य, नारायणी इङ्ग्लिस बोर्डिङले २ रजत तथा अर्बिट स्कुल र ग्रीन सोसाइटीले समान १–१ रजत जितेका छन् । ग्रीनल्याण्ड इङ्ग्लिस बोर्डिङले २ कास्य तथा ओम शान्ति एकेडेमी र उषा इङ्ग्लिस बोर्डिङले समान १–१ कास्य जितेका छन् ।
पुस २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३८ संस्थागत विद्यालय सहभागी छन् । सहभागी खेलाडीहरुले विभिन्न १२ विधामा महिला र पुरुष दुबैतर्फ १२–१२ स्वर्ण, १२–१२ रजत र १२–१२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । विद्यालयले हरेक दुई–दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>