चितवन विशेष

बोस्टन इन्टरनेशनल कलेजको इनोभेसन बुटक्याम्प सम्पन्न, २७ विद्यार्थी सहभागी

Banner

चितवन, पुस १-

भरतपुरको बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशिलता विभागले विद्यार्थीहरुका लागि सञ्चालित पाँच दिने इनोभेसन बुटक्याम्प सम्पन्न भएको छ ।

२७ विद्यार्थी सहभागी बुटक्याम्प उद्यम सुरु गर्न आवश्यक पर्ने ज्ञान र सीप सिकाउने उद्देश्यले सञ्चालित गरिएको हो ।

विशेष गरेर नविनतम उद्यम सुरु गर्नको लागि सम्भाव्यता अध्ययन, वित्तीय परिचालन, बजार सम्भाव्यता, दिगोपन, बजारको माग, उत्पादन–बजार, व्यवसाय दर्ता एवम कानुनी प्रक्रिया, भ्याट, प्यान, बिलिङ प्रक्रियाहरू, बजार अनुसन्धान, उत्पादन प्रदर्शन, सेवा डिजाइन, लोगोहरू सिर्जना गर्ने, ब्रान्डिङ र मार्केटिङ रणनीतिहरु बनाउने, प्रभावकारी र शुद्ध भाषाको प्रयोग, पिच डेक प्रस्तुतिकरणलगायतका विषयहरुमा प्रभावकारी रुपमा तालिम दिइएको बीआईसी स्टार्टअफका प्रमुख प्रेमनाथ गैरेले नारायणी अनलाइनलाई जानकारी दिए ।

यसरी नवप्रवर्तनीय उद्यमका विषयमा सहजीकरण गर्नेमा बोष्टन ईन्टरनेशनल कलेजका एसोसियट डाईरेक्टर पुष्पराज अधिकारी, चाटर्ड एकाउन्टेन्ट विकास तिवारी, मार्केटिङ् विषय प्रमुख श्रद्धा अधिकारी, अंग्रेजी विषय विज्ञ मिनप्रसाद दवाडी, बीबीए कार्यक्रम संयोजक नविनकुमार श्रेष्ठ, बीआईसी स्टार्टअपका प्रमुख गैरे, अतिरिक्त क्रियाकलाप प्रमुख अप्रमेय खकुरेललगायत थिए । साथै कार्यक्रममा ईसीपीआई विश्वविद्यालयका प्रा. डा. रामहरि सुवेदीले पनि प्रविधि र उद्यमशीलताको विषयमा विद्यार्थीहरुसँग आफ्नो अनुभव साटेका थिए ।

कार्यक्रमको पाचौँ दिनमा विद्यार्थीहरूले आफ्नो नविन व्यवसायको अवधारणालाई अन्य सहभागीहरूका बीचमा प्रस्तुत गरेका थिए। यसरी सो कार्यक्रमबाट पाँचवटा अवधारणा काम भई चार वटा अवधारणाको प्रस्तुति भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>