नवलपुर

गैंडाकोटको अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

Banner

नवलपुर, मंसिर १९–

नवलपुरको गैंडाकोट नगरपालिका–१७ अमरापुरीमा रेडबुलको उत्पादन सुरु भएको छ । रेडबुल उत्पादन गर्ने ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री मंगलबार उद्घाटन गरिएको छ ।

अर्थमन्त्री डा.प्रकाशसरण महतले उद्योगको समुद्घाटन गरे । रेड बुलले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड सहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । यस फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत, वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ ।

उद्घाटन कार्यक्रममा रेडबुल उत्पादक कम्पनी थाइल्याण्डको टिसिपि ग्रुपका प्रमुख कार्यकारी अधिकृत सरवूत युविध्या र नेपालको उत्पादन गर्ने सरस बेभरेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियालगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा बागमती प्रदेशकी सांसद माया श्रेष्ठ, राजश्व विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

अमरापुरी उद्योगले पहिलो चरणमा नेपाली बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ । हाल दैनिक १५ हजार कार्टुन रेडबुल उत्पादन हुनेछ भने छिट्टै वार्षिक ४५ लाख केज रेडबुल उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । हाल कम्पनीमा ६० जना भन्दा धेरै कामदार रहेका छन् ।

रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौं देश हो । पहेँलो रेड बुल उत्पादन गर्ने थाइल्यान्ड, भियतनाम तथा चीनपछि नेपाल रहेको छ ।
युविध्या परिवारको स्वामित्वमा रहेको टिसिपी समूह थाइल्याण्डमा रहेको एक अग्रणी पेय पदार्थ कम्पनी हो र विश्वको सबैभन्दा प्रतिष्ठित इनर्जी ड्रिङ्क ब्रान्ड ‘रेड बुल’ को उत्पादक हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>