गण्डकी

विजय एफएमको अध्यक्षमा त्रिलोचन सापकोटा चयन

Banner

गैंडाकोट, मंसिर १६-
विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा त्रिलोचन सापकोटा चयन हुनुभएको छ ।

विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको २३औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले त्रिलोचन सापकोटाको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरिराज लम्साल, सचिवमा भानुभक्त रिमाल, कोषाध्यक्षमा विष्णुमाया पन्थी, सह–सचिवमा नर्मदा पाण्डे चयन हुनुभएको निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटा जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा डा. भूमिराज चापागाई, शान्ति भुषाल आचार्य, गोकुल भण्डारी, कमला रेग्मी पौडेल, यदुनाथ सापकोटा र टंकनाथ चापागाईं रहनुभएको छ । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा बद्रीनाथ लम्साल, सदस्यहरुमा ज्ञानु सापकोटा र टेकनारायण सुवेदी रहनुभएको छ ।

निर्वाचन उप समिति संयोजकमा केशवप्रसाद सापकोटा, सदस्यहरुमा प्रेमप्रसाद सापकोटा ‘राजु’ र परमेश आचार्य रहनुभएको थियो । नयाँ कार्यसमितिको सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रम आइतबार हुने छ ।

यसअघि भएको साधारण सभामा बोल्दै प्रमुख अतिथि, गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विजय एफएम र विजय खबर सञ्चार माध्यमका रुपमा देशमा नै उदाहरणीय बनेको बताउनुभयो । सञ्चारका यी दुवै माध्यमबाट सबै नागरिकमा सजिलै, सर्वसुलभ रुपमा सूचनाको पहुँच पुगेको उहाँको भनाई थियो । नगरप्रमुख अधिकारीले विजय एफएमको आफू पनि नियमित श्रोता भएको बताउँदै असल, राम्रा कामलाई प्रोत्साहन गर्न र सत्य तथ्य सूचना अहिले जस्तै आगामी दिनमा पनि प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष डा.भूमिराज चापागाईंले यस क्षेत्रकै व्यवस्थित एवं प्रभावकारी सञ्चार माध्यमका रुपमा विजय एफएम र विजय खबर अगाडी रहेको बताउनुभयो । साथै यी दुवै सञ्चार संस्थाले जिम्मेवार पत्रकारिता मार्फत नागरिकका आवश्यकता बमोजिम स्थानीय समस्या, सरोकार र सवालमा आधारित रहेर काम गरिरहेको बताउनुभयो । साथै उहाँले आपत विपतमा रेडियोले सबैभन्दा बढी प्रभावकारी भूमिका खेलेको समेत बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>