चितवन विशेष

चितवन नारायणी महोत्सव आज सकिँदै, रचना रिमाल लगायतका चर्चित कलाकार आउने

Banner

चितवन, मंसिर १६-

नारायणी नदी किनारमा मंसिर ६ गतेदेखि सुरु भएको चितवन नारायणी महोत्सव आज सम्पन्न हुँदै छ । महोत्सवको अन्तिम दिन आज रचना रिमाल लगायतका चर्चित कलाकारहरुले प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा आज रिमाल लगायत टिका प्रसाई, कमल के क्षेत्री र राजन चौलागाई (खैराते)को विशेष प्रस्तुती रहने छ । उद्घोषकमा रामकान्त पौडेल रहनेछन् । ११ दिनसम्म चलेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुले प्रस्तुती दिँदै आएका छन् ।

लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालले महोत्सव आयोजना गरेका हुन् । हिजो (शुक्रबार)सम्म एक लाख जनाले महोत्वसव अलोकन गरेको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा २८० वटा स्टलहरु रहेका छन् । श्रेष्ठका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>