इच्छकामना

इच्छाकामना म्याराथनमा गोरखाका संजय श्रेष्ठ प्रथम

Banner

भरतपुर, मङ्सिर १५-

इच्छाकामना म्याराथनमा गोरखाका संजय श्रेष्ठ प्रथम हुनुभएको छ । चितवनको इच्छाकामना मन्दिरमा आज लाग्ने ठूलो पन्चमी मेलाको अवसरमा आयोजना गरिएको म्याराथनमा श्रेष्ठले एक घण्टा १४ मिनेटमा १३ किलोमिटर दुरी पार गर्नुभयो । तनहुँका सनम गुरुङ दोस्रो हुनुभएको छ । उहाँले एक घण्टा १७ मिनेट १५ सेकेण्डमा दुरी पार गर्नुभयो । तेस्रो हुने गोरखाका दिनेशसिंह बोगटीले १७ मिनेट ४५ सकेण्ड र चौथो हुने तनहुँका प्रेम गुरुङले एक घण्टा ४२ सकेण्डमा दुरी पार गर्नुभयो ।

यस्तै महिलमा म्याराथन तर्फ देवी माया गुरुङ प्रथम र जमुना मगर दोस्रो हुनुभएको छ । यस्तै इच्छाकामनाका सिमान्तकृत चेपाङ समूदायलाई लक्षित गरेर आयोजना गरिएको म्यारथनमा श्याम चेपाङ प्रथम र बिष्णु चेपाङ दोस्रो हुनुभएको संयोजक झलक गुरुङले जानकारी दिनुभयो । उहाँले इच्छाकामना मन्दिरको प्रबद्र्धन गर्ने उदेश्यले पहिलोपटक म्याराथन आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगितामा १५ देखि ६५ वर्ष उमेर समूहका एक सय ८ जना धावकले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने धावकले नगद २० हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ७ हजार र चौथो हुनेले पाँच हजार नगद प्राप्त गर्नुभयो । प्रतियोगितामा १० औं सम्म हुने धावकलाई सान्त्वना पुरस्कारले सम्मान गरिएको थियो । यस्तै महिला तर्फ प्रथम हुनेलाई ५५ सय दोस्रो हुनेलाई २५ सय र चेपाङ समुदायतर्फ प्रथम हुनेलाई तीन हजार र दोस्रो हुनेलाई दुई हजार पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । म्यारथनको इच्छाकामना गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष तेजबहादुर शेरचनले उद्घाटन गर्नुभएको थियो । इच्छाकामना सिद्धबाबा संरक्षण समिती र इच्छाकामना त्रिबेणी कला केन्द्रको संयुक्त आयोजना म्यारथन आयोजिना गरिएको हो ।

तस्विरः बिनोद श्रेष्ठ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>