खेलकुद

नेपाल सुपर लिग २०२३ मा आज चितवनले वीरगञ्जको सामना गर्दै

Banner

चितवन, मंसिर १५-

नेपाल सुपर लिग २०२३ अन्तर्गत दशरथ रंगशालामा आज साँझ (शुक्रबार) चितवन एफसीले पहिलो पटक वीरगञ्ज युनाइटेडको सामना गर्दैछ । साँझ साढे ५ बजे सुरु हुने यस खेलसँग जोडिएका तथ्यांकः

१. चितवन र वीरगञ्जबीच यसपल्टको प्रतियोगिताको नवौं खेल हुँदैछ । यो समग्रमा प्रतियोगिताको ३४ औं खेल हुनेछ ।

२. वीरगञ्ज प्रतियोगिताको नवप्रवेशी टिम हो । त्यसैले चितवनले पहिलो पटक वीरगञ्जको सामना गर्दैछ ।

३. दुवै टिम प्रतियोगितामा पहिलो जितको प्रयासमा हुनेछन् । चितवनले यसपल्ट दुई खेल खेलिसकेको छ । त्यसमा एक हार र एक बराबरी रहेको छ । पोखरा थन्डर्सको हातबाट १–० ले पराजित भएपछि चितवनले काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेलेको थियो ।

४.वीरगञ्जले एकै खेल खेलेको छ र उसलाई धनगढी एफसीले २–१ ले हराएको थियो ।

५. लिग अंक तालिकामा चितवन एक अंकमा छैटौं स्थानमा छ । वीरगञ्ज भने शून्य अंकमा आठौं स्थानमा छ ।

६. प्रतियोगिताको पहिलो संस्करण खेल्नेमध्ये चितवन नै एक मात्र त्यस्तो टिम रहेको छ, जसले कुनै जित निकाल्न सकेको छैन ।

७. चितवनले समग्रमा आठ खेल खेलेकोमा तीन बराबरी खेलेको छ भने बाँकी पाँच खेलमा हार बेहोरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>