क्रिकेट
केपी ओली कपः उपाधिका लागि आज आर्मी र मधेश भिड्ने
०

काठमाडौं, मंसिर १५–
पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेश भिड्ने भएका छन्।
आर्मी बागमती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो। एपीएफलाई पराजित गरी मधेशले फाइनलमा स्थान पक्का गरेको हो ।
प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। यसैगरी उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ।
प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार र बेस्ट बलरले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























