राजनीति

फेरि पछाडि फर्किन र रैती हुन हामी तयार छैनौँ: ओली

Banner

बैतडी, मंसिर १४-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु हुन आफूहरु तयार नभएको बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए ।

गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको भन्दै उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरु तयार नभएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>