देश/प्रदेश

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबालाई उपचारकोलागि चितवन ल्याइयो

Banner

हेटौँडा, मंसिर १४-

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छन् । सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार मकवानपुरको मकवानपुरगढी(२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको छ । घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका छन् । घाइते स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>