देश/प्रदेश

पोखरामा पर्वतीय महोत्सव हुँदै

Banner

अन्नपूर्ण, मंसिर १४-

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण सङ्घको आयोजनामा मङ्सिर २२ देखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा आठौँ पर्वतीय महोत्सव हुने भएको हो ।

बर्सेनि गर्दै आइरहेको महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि तीन दिन मनाइँदै आइएको महोत्सव यस वर्ष पाँच दिनसम्म मनाइने छ ।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर सङ्घले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ ।

यस वर्षको महोत्सवमा ‘बर्डस कन्जरभेसन’, पर्वतारोहण र पर्वतीय जीवनबारे छ वटा वृत्तचित्र तथा फोटो प्रदर्शनी, विभिन्न खेलका प्रतिस्पर्धा हुने महासचिव लम्सालले जानकारी दिनुभयो । महोत्सवको पाँच दिन नै पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्र प्रदर्शन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुनेछन् ।

यस वर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रदर्शन मुख्य आकर्षणको रूपमा रहने महासचिव लम्सालले बताउनुभयो । उहाँका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एण्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन् ।

“विद्यार्थीले स्टेजमा गिद्धको भेषमा मास्क लगाई गिद्धको महत्त्व, नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पु¥याउनेछन्”, महासचिव लम्सालले भन्नुभयो, “कार्यक्रमले जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौँ ।”

महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवका सदस्यसचिव निर्मला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष पहिलो पटक प्रतियोगितामा ‘टग अफ वार’ समावेश गरिएको छ । यसबाहेक महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area