देश/प्रदेश
हात्तीले कुल्चेर मृत्यु भएको रविनको परिवारलाई उपमहानगरले १ लाख दिने
०

इटहरी, मंसिर १४-
जङगली हात्ती धपाउन जाँदा इटहरीमा एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २ बुढासुब्बा चोकका रविन खडकाको जङगली हात्तीले कुल्चेर मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट मारिएका खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ।
वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउनेका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने गरेको छ। तर, लामो र झन्झटिलो प्रक्रियाका कारण पीडित परिवारले समयमै राहत रकम पाउदैनन्। स्थानीय सरकारले भने तत्काल रकम उपलब्ध गराउने मेयर हेमकर्ण पौडेलले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























