राजनीति

गगन थापाले भनेः भूकम्प पीडितलाई विना झन्झट एकमुष्ट ५० हजार रुपैयाँ दिनुपर्छ

Banner

काठमाडौं, मंसिर १४-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ ।

भूकम्प प्रभावितलाई विना झन्झट एकमुष्ट दिनुपर्ने थापाले बताए । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने पार्टीमा बुधबार छलफल भएको उनले जानकारी दिए ।

पार्टीको निर्णय अनुसार सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार भेटको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>