देश/प्रदेश

ओलीले झन्डोत्तोलन गरेर सुरु गरे एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा

Banner

काठमाडौँ, मंसिर १४-

नेकपा एमालेले मध्य पहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ’ गर्ने पदयात्रा सुरु भएको छ ।। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन् ।

बैतडीको झुलाघाटबाट अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए । त्यस्तै सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ ।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>