समाचार

पालमुनि बस्दै आएकी भूकम्प पीडित ३ वर्षीय बालिकाको मृत्यु

Banner

जाजरकोट, मंसिर १४-

कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो ।

निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले बताए । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>