देश/प्रदेश

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

Banner

मान्म, मंसिर १३-

कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विषेशज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वय सञ्चालन भएको दुई दिने ९सोमबार र मङ्गलबार० निःशुल्क शिविरबाट नौ सय ७० ले सेवा लिएका हुन् । सेवा लिनेमा छ सय ८५ महिला र दुई सय ८५ पुरुष रहेका छन् ।

आँखा उपचार सेवा लिनेमा तीन सय २३, स्वास्थ परीक्षण तथा उपचार सेवा लिनेमा चार सय ८४ जना रहेका जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार दन्तरोग तथा मुख स्वास्थ्य सेवा लिनेमा ९२, क्षयरोगको नमुना सङ्कलन गरिनेमा ७०, तथा स्त्री तथा प्रसूति रोग सेवा लिनेमा दुई सय ३३ रहेका छन् ।

“नौ जनामा रिङ पेसरी राखेको, ३६ मा भिएलए टेष्ट, प्रयोगशाला सेवा लिनेमा दुई १० छन्”, उहाँले भन्नुभयो, “भिडियो एक्स–रे दुई सय ८८ ले लिएका छन् ।” प्रमुख महतले १० जना पुरुष बध्याकरण गरिएको, एक महिलाको सामान्य शल्यक्रिया गरिएको, १४ ज्येष्ठ नागरिकलाई वालक्किङ उपचारविधि गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा निःशुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, कुष्ठरोगको नमुना सङ्कलन र इसिजी सेवा दिइएको थियो ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालिकोट तथा जिल्ला आँखा उपचार केन्द्र कालीकोटको टोलीले सेवा दिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area