देश/प्रदेश

शर्त पूरा गरेर फेरि सञ्चालनमा आयो केही दिन रोकिएको रमाइलो एप

Banner

काठमाडौं, मंसिर १३-

केही दिनका लागि रोकिएको मोबाइल रमाइलो एप पुनः सञ्चालनमा आएको छ। गुगल प्ले स्टोरका केही शर्त पूरा हुन बाँकी भएकाले केही दिन रोकिएको सो एप शर्त पूरा गरी फेरि सञ्चालनमा ल्याइएको कम्पनीले प्रेस नोट जारी गरी जानकारी दिएको हो।

कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक डाउनलोड भएको थियो। जसकारण नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको समेत कम्पनीको दाबी छ।

यस एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत कम्पनीले दिएको छ।

आफ्नो मोबाइलमा रमाइलो एप चलाउन https://bit.ly/ramailoshortvideosapp लिंकमार्फत् इन्स्टल गर्न सकिने र केही दिनमै एपस्टोरमा पनि रमाइलो एपलाई उपलब्ध गराने कम्पनीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area