अन्तर्राष्ट्रिय

केन्यामा बाढी: मृत्यु हुनेको संख्या ७६ पुग्यो

०
Banner

काठमाडौं, मंसिर १३-

केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

मृतकको संख्या बढ्दै गएपछि केन्या सरकारले प्रतिकार्यलाई बढाएको छ । केन्याका राष्ट्रपति विलियम रुटोको अध्यक्षतामा बसेको आपतकालीन बैठकले प्रतिकार्यस्वरुप थप १० अर्ब सिलिङ (६५.५ मिलियन अमेरिकी डलर) जारी गर्न आदेश दिएको छ ।

पूर्वी अफ्रिकी देशका विभिन्न भागमा आएको असामान्य रूपमा सक्रिय एल–निनो वर्षाका कारण ठूलो बाढीले हजारौँलाई विस्थापित गरेको छ । सरकार र एजेन्सीहरूका अनुसार हजारौँ घरहरू डुबानमा परेका छन् ।

केन्या मौसम विभागको पछिल्लो मौसम पूर्वानुमानअनुसार एल–निनो वर्षा जनवरी २०२४ सम्म विस्तार हुनसक्छ र सहरी केन्द्रहरू र अर्ध–सुक्खा तराईमा विनाश निम्त्याउने सम्भावना छ । केन्या, सोमालिया र इथियोपियामा एल–निनोको प्रभाव छ । मन्त्रिपरिषद्ले देशका ४७ काउन्टीमध्ये ३८ काउन्टी उच्च जोखिममा रहेको उल्लेख गरेको छ ।

जसमा अचानक बाढी, तराईमा सामान्य बाढी, नदीका किनारहरू भत्कने, पहिरो र माटो खस्ने, पशुधनको क्षति, खेतबारी र पूर्वाधारको विनाश हुने अवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>