चितवन विशेष

चितवन नारायणी महोत्सवमा आज ‘मिस्टर डी’ र सबैभन्दा होचा खपांगी आउने

Banner

चितवन, मंसिर १३-

चितवन नारायणी महोत्सवमा आज र्‍यापर मिस्टर डी लगायतका कलाकारहरु आउँदै छन् । महोत्सवको आज आठौँ दिन मिस्टर डी लगायत सबैभन्दा होचा व्यक्ति डोर बहादुर खपांगी, हाँस्य कलाकार दीपक खड्का, एन्जिला रेग्मी, लक्ष्मी तामाङ, मोडल मिना गिरी लगायतका कलाकारहरु आउने आयोजकले जानकारी दिएको छ ।

लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालले महोत्सव आयोजना गरेका हुन् । नारायणी नदी किनारमा मंसिर ६ गतेदेखि सुरु भएको महोत्सव मंसिर १६ गतेसम्म चल्ने छ ।

महोत्सवमा २८० वटा स्टलहरु रहेको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>