चितवन विशेष
बाघ नियन्त्रणका क्रममा भेटिएको शव राप्तीका पुष्पराज तामाङको भएको पुष्टि
०

चितवन, मंसिर ११-
मान्छे खाएको नरभिक्षी बाघलाई नियन्त्रणका क्रममा आइतबार भेटिएको शवको पहिचान भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सो शव राप्ती नगरपालिका १ दुविचौरका १८ बर्षिय पुष्पराज तामाङको रहेको छ ।
उनको शव आइतबार मनहरी–६ जोगितालमा कम्मरमाथि बाघले खाएको अवस्थामा भेटिएको थियो । तामाङको शव परिवारले पुष्टि गरेर दाहसंस्कारको लागि लगिसकेको तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार शुक्रबार दिउँसो दुवीचौरकै ४३ बर्षिय हरि पौडेललाई बाघले मारेको घटना हेर्न तामाङ बगरतिर गएका थिए । सो समयमा बाघले नियन्त्रण गरेको हुनसक्ने उनले बताए । उनका अनुसार पौडेल र तामाङलाई मार्ने बाघ एउटै हो । सो नरभक्षी पोथी बाघलाई आइतबार राती नै नियन्त्रणमा लिएर कसरामा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























