चितवन विशेष
राप्तीकाे नगरसभाको निर्णय परिवर्तन गरेको रिटमा मंसिर १३ गते दुवै पक्षबीच छलफल हुने
०

चितवन, मंसिर ९-
राप्ती नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतविरुद्ध परेको रिटमा छलफल गर्न उच्च अदालत पाटन, हेटौंडा इजलासले मंसिर १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
मेयर शमशेर लामा र प्रमुख प्रशासकिय अधिकृत निलमकुमार न्यौपानेले १३औँ नगरसभाको निर्णय परिवर्तन गरेको भन्दै उच्च अदालतमा रिट दायर भएको थियो ।
नगरपालिकाको असार ३० गते भएको नगर सभाको निर्णय परिवर्तन गरिएको भन्दै उपमेयरसहित वडा अध्यक्षहरुले रिट हालेका थिए । उच्च अदालत पाटन हेटौडाकी न्यायाधिस निर्मला शाक्यको एकल इजलाशले नगरसभाको निर्णय यथास्थितिमा राख्नु भन्दै बुधबार अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
उत्प्रेषण परमादेशको मुद्धालाई प्रभाव पार्नेगरी विपक्षीहरुले आफु अनुकुल गरेको निर्णयलाई यथास्थितीमा राख्न अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























