देश/प्रदेश

आफूलाई घरमै नजरबन्द गरेको भन्दै दुर्गा प्रसाईंले दायर गरे रिट

Banner

काठमाडौं, मंसिर ८-

गैरकानुनीरूपमा आफूलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा व्यवसायी दुर्गा प्रसाईंले रिट दायर गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।

प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका थिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>