चितवन विशेष

चितवन नारायणी महोत्सवमा आज रमेश प्रसाई र कल्पना दाहाल आउने

Banner

चितवन, मंसिर ७-

नारायणी नदी किनारमा बुधबारदेखि सुरु भएको चितवन नारायणी महोत्सवमा आज चार चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवमा आज कलाकार रमेश प्रसाई, कल्पना दाहाल, कर्ण गिरी र रमेश प्रसाई ‘मेलोडी’ आउने आयोजकले जानकारी दिएको छ ।

लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालले महोत्सव आयोजना गरेका हुन् । महोत्सवको बुधबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

महोत्सवमा २८० वटा स्टलहरु रहेको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>