चितवन विशेष

वागीश्वरीमा तीन दिने सामूहिक गौ पुजन सुरु

Banner

चितवन, कार्तिक २६-
भरतपुरको वागीश्वरीमा तीन दिने सामूहिक गौ पूजन  सुरु भएको छ । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा आजदेखि सामूहिक गौ पूजन अभियान सुरु भएको हो । लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा गौ पूजन गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो ।

पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधिष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौ आरती गरेर गौ पूजनको सुरुवात गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै महाराजले एक दिनमात्र गाईको संरक्षण गरेर नहुँने बताउँदै गाईको सधैँ पुजा गर्नुपर्ने बताउनुभयो । उहाँले गाईको धेरै महत्व रहेको बताउँदै गाईको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले योगी नरहरिनाथलाई राष्ट्रले चिन्न नसको भन्दै दुःख व्यक्त गर्नुभयो ।

सामुहिक गौ पूजन २८ गतेसम्म हुनेछ । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो । वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो । यहाँ सामूहिक गौ पूजासँगै गोवर्द्धनको पर्वत बनाएर पूजा गरिन्छ । प्रत्येक वर्ष गाई र गोवर्द्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ । धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बी पूजा गर्न आउने गर्दछन् । पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले जानकारी दिनुभयो ।

यहाँ गाईको रेखदेखको लागि नौ जना कर्मचारी खटिएका छन् । योगी नरहरीनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय पुगेका हुन् ।

गौ पूजनको अवसरमा योगी नरहरीनाथ गौँ संरक्षण केन्द्रका संस्थापक संरक्षक कृष्णहरी देवकोटा, पूर्व अध्यक्ष टंकनाथ पौडेल, निवर्तमान संयोजक रामु वस्ती, गौ संरक्षण अक्षय कोष अभियानका अध्यक्ष उमाशंकर अग्रवाल तथा पूर्व गौ संरक्षकलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>