देश/प्रदेश

आजको मौसम सामान्यतया सफा रहने

Banner

काठमाडौँ, कात्तिक २६-

पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशको पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा छ । “भोलि सोमबार र कात्तिक २८ गते मङ्गलबार देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ । पहाडी भूभागमा पातलो बादल लाग्ने सम्भावना रहेकाले एकरदुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो ।

मौसमविद् लामिछानेले अबको केही दिन नयाँ मौसमी प्रणाली आउने सम्भावना नरहेकाले तिहारको समयमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अलिअलि बादल आउने सम्भावना रहे पनि तिहारको समयमा त्यस्तो ठूलो मौसमी प्रभाव गर्ने देखिदैन ।”

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>